भूराजनीतिक आयाम र मित्र मुलुकको सहयोग फरक विषय हुन् : सामन्था पावर

हिमाल प्रेस २५ माघ २०७९ २१:४६
10
SHARES
भूराजनीतिक आयाम र मित्र मुलुकको सहयोग फरक विषय हुन् : सामन्था पावर

काठमाडौँ– अमेरिकाको सरकारी सहयोग नियोग (यूएसएआइडी)की प्रमुख समान्था पावरले नेपाल यस क्षेत्रकै पुरानो मित्र मुलुक र लोकतन्त्रमा बामे सरिरहेको मुलुक भएकै कारण सहयोगमा खुला भएको बताएकी छन्।

उनले नेपालमा गर्ने कुनै पनि सहयोगमा भूराजनीतिक गन्ध नहुने पनि स्पष्ट पार्दै भनिन्,‘नेपाल दुई उदयमान मुलुकको बीचमा छ। तर नेपालको आफ्नै महत्त्व छ। ती दुई मुलुकभन्दा पुरानो मित्र हो नेपाल। यहाँ गर्ने सहयोगलाई लिएर हाम्रा करदाता नागरिकले प्रश्न गर्न सक्दैनन्।’

नेपालमा अमेरिकाले कुनै भूराजनीतिक वा नेपालको भूमि भएर अन्य मुलुकसँग संवाद गर्ने ढाँचा अपनाएको भनेर नसोच्दा हने स्पष्ट पारिन्। उनले भनिन्, ‘विकास सहयोगमा कुनै पनि भूराजनीतिक आयाम र गन्ध हुँदैन। अमेरिका जे भन्छ त्यो गर्छ। एक लोकतान्त्रिक मुलुकले बांग्गो टिंगो बोल्दैन।’

दुई दिने नेपाल भ्रमणको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले नेपालमा कूटनीतिक स्थापाना देखि नै साना ठूला सहयोग गर्दै आएको बताइन्। नेपाल अमेरिका कूटनीतिक सम्बन्ध स्थापाना भएको पनि साढे सात दशक भइसकेको भन्दै सहयोगलाई फरक रूपले सोच्नै नहुने जनाइन्।

भूगोल परिवर्तन हुँदैन तर भूराजनीति त बेलाबेलामा परिवर्तन भइरहन्छ भन्दै उनले भनिन्,‘शीतयुद्धभन्दा अघिको विश्व एक प्रकारको थियो। शीतयुद्धपछि फरक भयो। तर, नेपालमा दुवै समयमा सहयोग र सहकार्य भइरहेको छ। त्यसको प्रभाव छैन।’

  लोकतान्त्रिक रूपमा विकास अघि बढाएको मुलुकमा अमेरिकाले सयहेग गर्न पाउँदा खुसी लागेको छ।

अमेरिका सधैं काममा विश्वास गर्छ र केन्द्रित पनि हुन्छ भन्दै उनले भनिन्,‘लोकतान्त्रिक मुलुकहरू स्वतः एक हुन्छ र प्रभाव पार्ने गर्छन्। त्यो शैली र मन मिलेपछि हुने कुरा हो।’

नेपालको विकासमा अमेरिकाले गरको प्रतिबद्धताअनुरूप सहयोग आउँछ र गरिरहेको भन्दै उनले यूएसएआईडीमार्फत मात्र होइन अन्य सहयोगमार्फत पनि आइरहेको उल्लेख गरिन्।

नेपाल-अमेरिकाबीच निकटतम् सम्बन्ध रहेको र अमेरिकामा नेपालीको उपस्थिति बढ्दो रहेको उनको भनाइ छ। ‘लोकतन्त्रमा बामे सर्दै द्वन्द्वको घाउ ठिक बनाउँदै विकासमा लम्केको मुलुकलाई अमेरिकाले सहयोग गर्छ र गरिरहन्छ,’ उनले भनिन्, ‘अमेरिकाको यस्तो सहयोगमा कुनै भूराजनीतिक आयाम राख्दैन। अमेरिकाले आफ्नो नीतिमा स्पष्ट लेखेर नै सहकार्य गर्छ यदि नेपाललार्इ दिने सहयोग भनेको नेपालसँग अमेरिका विभिन्न चरणमा गरेको प्रतिबद्धताको उत्पादन हो।’

नेपाली जनताको कल्याणका लागि अमेरिकाले दशकौंदेखि सहयोग गर्दै आएको र सो सहयोगबाट भएका धेरै कामले पनि यसलाई प्रष्ट पारेको उनले बताइन्।

नेपालमा आएको गुम्बा गएको, अल्ट्रधावक मिरा राईसँग रनिङ गरेकोलगायतको विषय पनि सुनाउँदै नेपालको सुन्दरताको प्रशंसासमेत गरिन्। काठमाडौँको शिवपुरीस्थित जनजागृति स्कुलबाट कपन गुम्बासम्म समन्था र मिरासँगै अन्य सहभागीले दौडेका थिए। उनले विद्यालयको भ्रमण भक्तपुरको भ्रमण, विजनेस कम्युनिटीसँग अन्तरक्रियालगायत कार्यक्रम गरेर उनी फर्कन लागेकी हुन्।

सुन्दर मुलुक नेपालसँग अमेरिकाले पुरानो सम्बन्धलाई त्यही अनुरूप अघि बढाएको उनले बताइन्। उनले मंगलबार मात्रै ७ अर्ब रूपैयाँको सहयोगको घोषणा भएको बताउँदै भनिन्, ‘लोकतान्त्रिक रूपमा विकास अघि बढाएको मुलुकमा अमेरिकाले सयहेग गर्न पाउँदा खुसी लाग्छ।’

प्रकाशित: २५ माघ २०७९ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =