अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सले जिते नेपालीको मन, ताने आप्रवासीको मत

हिमाल प्रेस ४ जेठ २०८० २१:२१
44
SHARES
अस्ट्रेलियाका सहायक विदेशमन्त्री वाट्सले जिते नेपालीको मन, ताने आप्रवासीको मत

काठमाडौँ– अस्ट्रेलियाका सहायक विशदेमन्त्री टिम वाट्स तीन दिने नेपाल भ्रमण ‘भोट’ राजनीतिमा केन्द्रित थियो। अस्ट्रेलियाको आन्तरिक राजनीतिमा होस् या बहुपक्षीय सम्बन्धलाई विस्तार गर्न होस् विशुद्ध भोटको लागि नेपाल आएका हुन्। यो स्तरकाे भ्रमण ३८ वर्षपछि अस्ट्रेलियाबाट नेपाल तर्फ गरेका हुन।

दुई दिने औपचारिक भ्रमण भए पनि उनी तिन दिन नेपाल रहे। नेपालबाट फर्कदा उनी भारत भएर गएका हुन्। भारत जानु अघिसम्म पनि उनको गतिविधीलाई नजिकबाट नियाल्ने हो भने उनले अस्ट्रेलियामा रहेका हिन्दुको भोट तान्न सफल भएका छन्। अस्ट्रेलिया विभिन्न अन्तराष्ट्रिय राजनीतिमा समेत सक्रिय रहने हुनाले त्यहाँको भाेटका लागि सरकारलाइृ फकाउन पनि सफल भए भने यहाँको हिन्दु मन्दिर घुमेर अस्ट्रेलियामा रहेका नेपाली समुदायकाे भाेट आफ्नो पार्टीमा आकर्षणको प्रयसा उनले गरेका हुन।

उनी शनिबार ले यस क्षेत्रको भ्रमण सम्पन्न गरेर स्वदेश पुग्दै छन्। उनको याे पिहलाे चरणमा दक्षिण एसियाको भ्रमण गरेपिन नेपालकाे माेहले उनलाइृ तानेकाे छ। उनी छि६ट्टै नेपाल आउनेछन्। उनको भ्रमण दुई दिने भए पनि बुधबार साँझ भिस्ताराकाो उडान रद्द भएको कारण उनी बिहीबार बिहान नेपाल एअरलाइन्सको उडानमा नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

अस्ट्रेलिया नेपाल सिधा उडानको विषय उठिरहँदा अस्ट्रेलियन मन्त्रीले नेपाली एअरलाइन्समा दिल्ली सम्मको भए पनि राेजे। उनी दिल्लीबाट कलकत्ता गएर त्यहाँस्थित अस्ट्रेलियाको वाणिज्यदूतावासको उद्घाटन गर्ने कार्यक्रम छ।

एक दिन बढी नेपालमा बस्न पाए खुसी नै लागेको छ भन्दै भिस्ताराको उडान रद्द भएको कारण उनी भोलिपल्ट नेपाल एअरलाइन्समा जाँदा झनै दंग परेका हुन्। नेपाल र अस्ट्रेलियाबीच लामो सम्बन्ध रहेको भए पनि अस्ट्रेलियाबाट नेपालतर्फ उच्चस्तरको भ्रमण १९८५देखि नै गरेको थिएन।

३८ वर्षपछि सहायक विदेशमन्त्रीस्तरमा भ्रमण भएको हो। उनले यो भ्रमणलाई गैर राजनीतिक भ्रमणको संज्ञा दिए पनि राष्ट्रसंघको विभिन्न निकायमा अस्ट्रेलियाको उम्मेदवारीमा नेपालको साथ भने उसले खोजेको देखिन्छ। उनी मंलबार भुटानबाट नेपाल ओर्लंदै निकै खुसी देखिन्थे।

नेपाल ओर्लेसँगै उनले नेपालीको उपस्थिती अस्ट्रेलियामा बढ्दो रहेको बताएका थिए। यस्तो उपस्थिती बढ्दा धर्म संस्कृति र रहनसहन पनि बढ्ने उनले बताए। पछिल्लो समय अस्ट्रेलियामा हिन्दू धर्मवलम्बीहरू छिटो छिटो बढी रहेको बताए। उनले यो विषय बुधबार पशुपति मन्दिरमा पुगेर बताएका हुन्।

उनी पशुपतिको मन्दिर रहेको मुल ढोकाबाट दर्शन गर्दै रद्राक्षको माला पहिरिएका थिए। मन्द मुस्कानसहित उनले पशुपति मन्दिरअगाडि उभिएर भने, ‘अस्ट्रेलियामा हिन्दूहरूको संख्या बढ्दो छ। हिन्दू धर्म पनि निकै प्रचार भइकसको छ।’
उनी आफू क्रिश्चियन भए पनि हिन्दूको सम्मानमा नतमस्तक हुने गरेको बताए।

उनले पछिल्लो समय अस्ट्रेलिया अधुनिक युगमा नै प्रवेश गरेको जसका कारण विविधताले अस्ट्रेलियालाई दक्षिण एसियालगायत विश्वको हरेक भागमा जोडेको बताए।

उनले आफ्ना विदेशमन्त्री पेनी वोङको शब्द लिादै भने, ‘जब अस्ट्रेलियालीहरूले संसारलाई हेर्छन्, हामी त्यसमा आफूलाई प्रतिबिम्बित देख्छौं। जसरी संसारले हामीमा प्रतिबिम्बित भएको देख्छ। यही कारण पनि अस्ट्रेलियामा हिन्दूहरूको संख्या बढेको हो।’

उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाट गरे भने अन्यसँगको भेटलाई उनले प्रथमिकता दिएनन्। उनी बढीजस्तो सामाजिक र सांस्कृतिक भेटघाट र यहाँको विविधतामा रमे। उनले आफ्नो बुधबारको दैनिकी पशुपति मन्दिरको दर्शन गरेर सुरु गरेका थिए।

पशुपतिनाथ मन्दिरको भ्रमणले उनले पशुपति नाथबारे बुझ्न पाए। बुझे पछि त्यो शक्तिले आफू यहाँ ल्याउको भन्दै उनले भने, ‘सबै धाम पुगेर पनि पशुपति गइएन भने धाम गएको अर्थ हुन्न भन्थे। साच्चै त्यो पाएँ।’ नेपालको पशुपतिनाथ मन्दिरको भ्रमण र दक्षिण एसिया र बाहिरका हिन्दूहरू र अन्यहरूका लागि तीर्थस्थलको रूपमा रहेको पाउको पनि बताए। उनल आफू यहाँ टेक्न पाउनु नै पुरस्कृत हुनु हो भन्दै दंग देखिए।

उनको यो भ्रमणमा खासगरी उनको त्यहाँको राजनीति पनि लुकेको देखिन्छ।नत्यहाा रहेका नेपलाीलाई खुसी पारेर भोटको राजनीति पनि हुनसक्छ। अन्य दुईपक्षीय सम्बधबारे उनले भने, ‘नोपाल अस्ट्रेलिया सम्बन्ध थप उचाइमा पुगेको छ। यसको कारण त्यहाँ रहेको नेपाली पनि हुनपर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले अस्ट्रेलियाका समकक्षीलाई नेपाल भ्रमणको निमन्त्रणा उनलाई भेट्न आउने सहायक विदेशमन्त्रीलाई दिएका पठाएका छन्। नेपाल आएकै दिन अर्थात मंगलबार परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका उनले नेपाल र अस्ट्रेलिया सम्बन्ध थप उचाइमा लैजान पर्ने बताए।

उनले तिलगंगा आँखा अस्पतालको भ्रमण गर्दै डा. सन्दुक रुइतसँग भेटेर नेपालमा आँखाको समस्या नभएको बताए। उनले विभिन्न महिला नेतृहरूसँग पनि पाटनमा छलफल गरेका थिए।

सहायक विदेशमन्त्री वाट्सको भ्रमणकै अवसरमा अस्ट्रेलियाले १३ औं शताब्दीको रत्नेश्वर मन्दिरको टुँडाल नेपाललाई फिर्ता गरे। आर्ट ग्यालरी न्यु साउथ वेल्सका निर्देशक माइकल ब्रान्डले मन्दिरका मुख्य पुजारी हेरम्बराज राजोपाध्यायलाई मंगलबार टुँडाल हस्तान्तरण गरे।

नेपालले कृषिमा जोड दिँदै पर्यटन व्यवसायलाई अघि बढाउन पर्ने धारण मन्त्रीले प्रधानम्नत्रीसमक्ष राखेका थिए। नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनलगायतमा प्रधानम्मन्त्रीले नेपाललाई सहयोग गर्न सुझाए।

अस्ट्रेलियामा नेपालीहरूको राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसासमेत गरेका मन्त्रीले नेपालको विकासमा सहयोगगर्ने पनि बताएका थिए। उनले मंगलबार नै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्दै आफ्नो सकारकारको धारणा राखेका थिए। उनले त्यो भेटमा नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध राजनीतिक र जनस्तरमा उस्तै रहने बताउँदै भने, ‘यहाँको राजनीतिक विषयमा हामी त्यती ध्यान दिँदैनौ। यहाँको राजनीति यहीको चासोको विषय हो।’

अन्तराष्ट्रिय मामिलासँग जोडिएका विषयलाई भने हामीले पनि चासोका साथ हेर्न पर्ने हुन्छ भन्दै उनले शान्ति प्रक्रियाको बाँकी विषयलाई इंकित गर्न खोजेको हो कि झै लागेको एक परराष्ट्र अधिकारीले जानकारी दिए। उनले यो विषय मन्त्री र प्रधानमन्त्री दुवैसँग राखेका थिए। यद्यपि प्रधानमन्त्रीले दुई दिन अघि नै नेपालस्थित नियोगका प्रतिनिधिलाई एकै स्थानमा राखेर त्यसबारेमा जानकारी गराएका थिए।

सहायकमन्त्री वाट्सले अस्ट्रेलिया र नेपाल घनिष्ठ मित्र रहेको र ६३ वर्ष लामो समयदेखि जनताहरूबीचको सम्बन्धले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताउदै सामाजिक सञ्जालमा पोष्टेका थिए।

उनी काठमाडौँ विश्वविद्यालय भ्रमणमा गए। त्यहाको शिक्षाको अवस्था नियाले। नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीको चाप बढी रहेको अवस्थामा काठमाडौँ विश्वविद्यालयको भ्रमण गर्दै विदेशी विद्यार्थीमा नेपाल तेस्रो सोर्स भएको बताए।

यस क्रममा सहायकमन्त्री वाट्सले हाल अस्ट्रेलियाली संस्थाहरू र विश्वविद्यालयबीच भइरहेको सहकार्य र खानी उत्खनन, हरित हाइड्रोजन इन्धनसम्बन्धी अनुसन्धान र हाल भइरहेका विद्यार्थी आदानप्रदान कार्यक्रमलगायतका विषयमा भविष्यमा हुने सहकार्यबारे छलफल पनि गरे।

सहायकमन्त्री वाट्सले बनेपास्थित बायोभ्याक कम्पनीमा अत्याधुनिक निदानात्मक परीक्षण प्रयोगशाला र पशु खोप विकास तथा उत्पादन कार्यमा अस्ट्रेलियाबाट भएको प्रविधि हस्तान्तरण र शैक्षिक र अनुसन्धान सहकार्यबारे जानकारी पनि लिन भ्याए।

उनले पशुपतिनाथको मन्दिर परिसर पछि बौद्धनाथ मन्दिर पनि घुमे। त्यहाँ आएका नेपाली विदेशीसँग यसो कुराकानी पनि गर्न भ्याए। सहायकमन्त्री वाट्सले हिमालयन उद्धार संघलाई अस्ट्रेलियामा निर्मित पोर्टेबल अल्टिटुड च्याम्बर हस्तान्तरण पनि गरे।

उक्त उपकरण संघले फेरिचे र सगरमाथा आधार शिविरमा रहने आकस्मिक क्लिनिकमा प्रयोग गर्ने जनाएको छ। अस्ट्रेलियामा नेपाली समुदाय सबैभन्दा चाँडो बढिरहेको आप्रवासी जनसंख्या भएको छ र हाल करिब एक लाख ३० हजार नेपाली अस्ट्रेलियामा बसोवास गरिरहेको औपचारिक जानकारी छ।

त्यसबाहेक पनि विना कागज पत्र बस्ने नेपाली र पर्यटन भिसामा गएर बस्ने नेपाली पनि रहेको उल्लेख छ। अस्ट्रेलियाको मन्त्री ढाकामा भएको कन्फरेन्समा भाग लिन आउने क्रममा नेपाल आएका हुन। उनी नेपाल आउने विषय उनको दूतावासले जानकारी पाएपछि बल्ल परराष्ट्रमन्त्रालयमा पुगेको हो।

नेपाल र अस्ट्रेलियाबीच पररारष्ट्र सचिवस्तरीय बैठक हुँदा नेपालले मन्त्रीस्तरीय भ्रमणको कुरा राख्दै आएको थियो। लामो समयपछि भए पनि अस्ट्रेलियाबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको हो। नेपालीको पहिलो रोजाइ अस्ट्रेलिया त होइन। अमेरिकाको लागि भिसा आवदेन गरेपछि त्यहाँ असफल भएकाहरूको दोस्रो रोजाइ अस्ट्रेलिया रहेको छ। पछिल्लो समय क्यानडा पनि उत्तिकै महत्वको मुलुक बन्दै गएको छ। त्यसपछि बल्ल नेपालीले युरोपको लागि आवेदन दिने अवस्था छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =