लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको चुनाव आज : तीन उम्मेदवार मैदानमा

हिमाल प्रेस २५ माघ २०७९ ७:१४
4
SHARES
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्यको चुनाव आज : तीन उम्मेदवार मैदानमा

काठमाडौँ- लुम्बिनी प्रदेशमा संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ। नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन पदबाट राजीनामा दिएपछि खाली रहेको सिटमा उपनिर्वाचन हुन लागेको हो।

आगामी एक वर्षका लागि उपनिर्वाचनमा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रबीर राय उम्मेदवार छन्।

बिहान १० बजेदेखि कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान सुरु हुने प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले जानकारी दिए।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिका, उपमहानगरपालिका, प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मात्र मतदान गर्न पाउने कानुनी व्यवस्था छ। राष्ट्रिय सभामा स्थानीय तह र प्रदेशसभा सदस्यको मतभार छुट्टाछुट्टै गणना हुन्छ।

स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ गणना हुन्छ। लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन्।

यसरी हेर्दा उपनिर्वाचनका ३०५ मतदाता रहेका छन्। कूल मतभार ८ हजार १०० हुन आउँछ। पहिलो मतदान लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले गर्ने तयारी छ।

प्रकाशित: २५ माघ २०७९ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =