वित्तीय संकटका कारण गुण एयरलाइन्सको उडानमा रोक

हिमाल प्रेस ८ फागुन २०७९ १५:४८ | Monday, February 20, 2023
वित्तीय संकटका कारण गुण एयरलाइन्सको उडानमा रोक

काठमाडौँ- वित्तीय संकट देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गुण एयरलाइन्सको उडानमा रोक लगाएको छ। पाइलट तथा कर्मचारीलाई तलब नदिएको र विभिन्न संस्थामा रहेको बक्यौता तिर्न नसकेपछि क्यानले गुणका सबै जहाज ग्राउन्डेड गरिदिएको हो। क्यानले आज अपराह्न कम्पनी सबै उडान तत्काल रोक्न पत्राचार गरेको छ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले कम्पनीको वित्तीय अवस्था खस्किएको र हवाई सुरक्षा तथा विश्वसनियतामै कमी आउने अवस्था आएकाले उडान रोक लगानुपरेको बताएका छन्। व्यवसायी राजेन्द्र शाक्यले दुई वर्षअघि गुण एयरलाइन्स पुनः सञ्चालनमा ल्याएका थिए। घरजग्गा व्यावसायमा डुबेपछि उनी सञ्चालक रहेको गुण एयरलाइन्स पनि लामो समय ठप्प भएको थियो।

प्रकाशित: ८ फागुन २०७९ १५:४८ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast