चुमनुब्रीको दुई सय वर्ष पुरानो गुम्बा पुनर्निमाणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १५ माघ २०७९ १५:५०
26
SHARES
चुमनुब्रीको दुई सय वर्ष पुरानो गुम्बा पुनर्निमाणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- गोरखाको चुमनुब्री गाउँपालिका-२ स्थित ल्हो गाउँको प्राचीन पुङ्चे हिनाङ गुम्बा आगलागीका कारण ध्वस्त भएपछि पुनर्निमार्णका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।

शनिबार गाउँपालिका अध्यक्ष निमा लामाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर गुम्बा पुनर्निमार्णमा सहयोग गरिदिन पत्र बुझाएका हुन्।

‘शनिबार प्रधानमन्त्रीलाई भेटेर गुम्बा पुनर्निमाणसँगै अन्य विषयमा पनि ध्यानाकर्षण गराउने काम भयो, ‘ अध्यक्ष लामाले भने, ‘प्रधानमन्त्रीले पुरातत्व विभागमार्फत गुम्बाको निर्माणको काम जतिसक्दो छिटो हुने व्यवस्था गर्छु भन्नु भएको छ।’

गत मंगलबार अपराह्न चार बजे गुम्बामा बिजुली सर्ट भएर लागेको आगो करिब ६ घण्टापछिमात्रै नियन्त्रणमा आएको थियो। आगलागीबाट गुम्बा र गुम्बामा भएका सबै धार्मिक सामग्रीहरू नष्ट भएका छन्।

‘यस गाउँपालिकाको वडा नम्बर २ ल्होस्थित हिनाङ भन्ने ठाउँमा रहेको करिब दुई सय वर्ष पुरानो ऐतिहासिक हिनाङ पुङ्जे गुम्बामा २०७९ माघ १० गते आगलागी भई उक्त गुम्बा पूर्ण रुपमा क्षति भएकोले गुम्बा पुनर्निमाणका लागि आवश्यक बजेट व्यवस्था गरिदिनुहुन अनुरोध गर्दछु’ लामाले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ।

दुई शताब्दी पुरानो गोरखाको गुम्बामा आगलागी, मूर्ति र ग्रन्थ नष्ट [फोटो फिचर]

 

प्रकाशित: १५ माघ २०७९ १५:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − two =