नेत्रज्योति संघको शिविरबाट ३ सय ५८ जनाले पाए दृष्टि

हिमाल प्रेस १२ माघ २०७९ १७:०१
6
SHARES
नेत्रज्योति संघको शिविरबाट ३ सय ५८ जनाले पाए दृष्टि

कपिलवस्तु– कपिलवस्तुको बुद्धभूमि र शिवराज नगरपालिकामा गरिएको निःशुल्क आँखा शिविरमा ३ सय ५८ जनाले दृष्टि पाएका छन्।

नेत्रज्योति संघअन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जल र राप्ती आँखा अस्पतालको सहकार्यमा शिविर चलाइएको थियो। शिविरमा ३५८ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया र २ हजार ३६४ जनाको आँखाको परीक्षण गरिएको थियो।

शिविरमा ७ सय २२ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको छ। हेल्पिङ ह्यान्ड इन्टरनेशनलको आर्थिक सहयोगमा चस्मा वितरण गरिएको थियो। नेपाल नेत्रज्योति संघले विपन्न वर्ग र समुदायलाई लक्षित गरेर स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: १२ माघ २०७९ १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + twenty =