लुम्बिनीमा निःशुल्क आँखा शिविरबाट झन्डै चार हजारजना लाभान्वित

हिमाल प्रेस २३ मंसिर २०८० १७:४८
70
SHARES
लुम्बिनीमा निःशुल्क आँखा शिविरबाट झन्डै चार हजारजना लाभान्वित

लुम्बिनी- गाैतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित निःशुल्क आँखा शिविरबाट झन्डै चार हजार सर्वसाधरण लाभान्वित भएका छन्। राजकीय थाई विहार लुम्बिनीको आयोजनामा थाइल्यान्ड र नेपालका आँखा रोग विशेषज्ञको उपस्थितिमा भएको शिविरबाट रुपन्देहीको लुम्बिनी, कपिलबस्तु र रामग्रामका स्थनीयवासी लाभान्वित भएका हुन्।

मंसिर १८ देखि २३ गतेसम्म सञ्चालन गरिएको शिविरमा आँखा जाँच गराएकामध्ये नौ सय नौजना मोतियाविन्दुका बिरामीको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ।

विहारका प्रमुख भिक्षु सुफोतले मानिसहरूलाई सेवा दिने उद्देश्यले १४औँ संस्करणका रूपमा निःशुल्क आँखा शिविर गरिएको बताए।

तिलगंगा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत, थायल्यान्डका नेत्ररोग विशेषज्ञ अनुचित पोनाथ्याङ, डा.नवत वातानाची, डा.स्वात कौशाकुलसहित आँखा शिविरमा उपस्थित मानिसहरूको उपचारमा खटिएका थिए।

थाइल्यान्डका राजा भूमिबोल अदुलयादेजको स्मृतिमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो। राजकीय थाई विहार लुम्बिनी, तिलगंगा आँखा अस्पताल काठमाडौँ, थाई राजदूतावास काठमाडौँको समेतको आयोजनामा आँखा शिविर गरिएको हो।

प्रकाशित: २३ मंसिर २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − six =