रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधार गर्छु : अर्थमन्त्री पौडेल

हिमाल प्रेस ८ माघ २०७९ १५:०२
10
SHARES
रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधार गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत सुधार गर्ने बताएका छन्। प्रवासी नेपालीमञ्च अमेरिकाले आयोजना गरेको ‘रेमिट्यान्स एण्ड इन्भेस्टमेन्ट इन नेपाल’ कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै पौडेलले रेमिट्यान्सलाई वैधानिक माध्यमबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्न नीतिगत व्यवस्था गर्ने बताएका हुन्।

उनले भने, ‘रेमिट्यान्सको ठूलो हिस्सा अनौपचारिक माध्यमबाट भित्रिरहेको छ, यसले राज्य र व्यक्ति दुवैलाई नोक्सान भइरहेकाले नीतिगत रूपमै सुधारको प्रयास गर्नेछु।’ अर्थमन्त्री पौडेलले रेमिट्यान्समार्फत् आएको रकम उत्पादन, निर्माण र रोजगारीका साथै नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने पनि बताए। उनले भने, ‘त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्या सुधार हुन्छ।’

प्रकाशित: ८ माघ २०७९ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =