गठबन्धनले अबमूल्यन गरेको भन्दै जसपा सरकारमा नजाने

हिमाल प्रेस ३ माघ २०७९ १२:१९
6
SHARES
गठबन्धनले अबमूल्यन गरेको भन्दै जसपा सरकारमा नजाने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनप्रति असन्तुष्ट बन्दै सरकारमा नजाने भएको छ।

सत्ता गठबन्धनले जसपालाई अवमूल्यन गरेको भन्दै तत्काल सरकारमा नजाने भएको हो। ‘सत्ता गठबन्धनले हामीलाई अवमूल्यन गर्‍यो। सोही कारण हामी सरकारमा सहभागिता हुने छैनौँ।’ जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले हिमाल प्रेससँग भने,‘हामीले मागेभन्दा पनि कम भागबन्डा गरेपछि हामीले अस्वीकार गर्‍यौँ।’

जसपाले उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालयमा दाबी गरेको थियो। तर गठबन्धनमा भाग लगाउँदा जसपालाई दुईवटा मन्त्रालय दिने सहमति भएको थियो।

मधेश प्रदेशको मुख्यमन्त्री समेत दिएकाले जसपालाई दुई मन्त्रालय लिन गठबन्धनले अनुरोध गरेको थियो। तर अध्यक्ष यादव सन्तुष्ट नभएपछि हिजोको बैठकबाट निस्किएका थिए।

यता जसपाले मागेको उपराष्ट्रपति पनि दिन नसकिने बताएपछि यादव असन्तुष्ट भएका थिए।

उपराष्ट्रपतिमा जसपाकै कुनै सांसदलाई पठाएर आफू प्रत्यक्ष चुनाव लड्न चाहेका यादवलाई इच्छा पूरा भएन। सोही कारण यादवले सरकारमा तत्काल नजाने बताएका हुन्।

प्रकाशित: ३ माघ २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =