पोखरा विमान दुर्घटना : मृतक ११ जनाको सनाखत

हिमाल प्रेस १ माघ २०७९ १७:२५
48
SHARES
पोखरा विमान दुर्घटना : मृतक ११ जनाको सनाखत

काठमाडौँ- पोखरामा यति एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ११ जनाको सनाखत भएको छ। आइतबार बिहान १०:३२ मा काठमाडौँबाट उडेको विमान पोखराको सेती नदीको खोँचमा खसेको थियो। विमानमा रहेका ७२ मध्ये अहिलेसम्म ६९ जनाको शव भेटिएको छ।

मृत्यु भएकाहरूमध्ये ११ जनाकको भने सनाखत भएको छ। मृतकका परिवार र आफन्तको सहयोगमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ।

सनाखत हुनेहरूमा पोखरा १७ का निशान्त आचार्य, पोखरा १७ की २३ वर्षीया संगीता शाही, पोखरा ४ का ३८ वर्षीय डा. सुशील श्रेष्ठ, पोखरा ४ का ३६ वर्षीय डा. सोना दिवाकर, पोखरा १३ का सदाकत अलिमिया, पोखरा १९ की लक्ष्मी पौडेल, पोखरा २६ का पूर्णकुमार गुरुङ, पर्वतको कुश्मा १ का १० महिनाका रियान पौडेल, कुश्मा ९ की ११ वर्षीया प्रसिद्धी पौडेल, कुश्मा ९ का अरूण पौडेलको पनि सनाखत भएको छ। यसैगरी एकजना कोरियाली नागरिक यू क्युङ्घुलको पनि सनाखत भएको छ।

पोखराका लागि उडेको यति एयरको NYT 691, 9N-ANC कलसाइन भएको एटीआर दुर्घटनामा परेको हो। सरकारले दुर्घटना जाँच आयोग पनि गठन गर्ने निर्णय गरेको छ। आयोगको संयोजक नागेन्द्र घिमिरे छन्। यो आयोगले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

प्रकाशित: १ माघ २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =