नागरिकता लिनेको होइन, फाल्न चाहनेको संख्या धेरै छ : प्रभु साह

हिमाल प्रेस २५ पुष २०७९ १५:५४
6
SHARES
नागरिकता लिनेको होइन, फाल्न चाहनेको संख्या धेरै छ : प्रभु साह

काठमाडौँ– आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले नेपाली नागरिकता लिने होइन फाल्न चाहनेको संख्या धेरै भएको दाबी गरेका छन्। निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘गरिब जनताहरू खान नपाएर वैदेशिक रोजगारीमा जान बाध्य छन्। जर्जर अर्थतन्त्र र अस्थिर सरकारका कारण पुँजीपतिहरू आफ्नो सम्पत्तिको सुरक्षा हुन नसक्ने देखेर विदेश गएका छन्,’ उनले भने, ‘नेपालमा नागरिकता लिन चाहनेभन्दा फाल्न चाहनेको संख्या धेरै देखिएको छ, यस्तो अवस्था आउनमा हामी सबै जिम्मेवार छौं।’

नेपालको सुशासन पहाडै पहाडले घेरिएकोसमेत उनको भनाइ छ।

प्रकाशित: २५ पुष २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =