संसद्‌को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

हिमाल प्रेस २३ माघ २०८० १७:४७
10
SHARES
संसद्‌को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौँ- संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले ​​​​​​​आजैबाट लागू हुने गरी उनलाई संघीय संसद्को महासचिवमा नियुक्त गरेका हुन्। उनलाई महासचिव नियुक्त गर्नका लागि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गत मंसिर २५ गते नै सिफारिस गरेका थिए। आजमात्रै उनले प्रतिनिधिसभाको सचिव पदबाट राजीनामा दिएका थिए। सचिव पदको राजीनामा स्वीकृत गरेर राष्ट्रपतिले महासचिवमा नियुक्त गरेका हुन्।

तर केही प्रक्रिया नमिलेको भन्दै राष्ट्रपतिले झन्डै दुई महिना उनको सिफारिसलाई रोकिदिएका थिए। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले घरासयी कारण देखाउँदै त्यसबेला राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।

उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिवमा सिफारिस भएका थिए। त्यसको दुई दिनपछि पाण्डेयलाई संघीय संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो।

 

प्रकाशित: २३ माघ २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =