भोलिदेखि संसद्को हिउँदे अधिवेशन, सभामुखले गरे बैठक स्थल अवलोकन

हिमाल प्रेस २१ माघ २०८० १६:२०
8
SHARES
भोलिदेखि संसद्को हिउँदे अधिवेशन, सभामुखले गरे बैठक स्थल अवलोकन

काठमाडौँ- भोलिदेखि सुरु हुने प्रतिनिधिसभाको हिउँदे अधिवेशनको तयारी पुरा भएको छ। अधिवेशनको सुरु हुने अघिल्लो दिन (आज) सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बैठक स्थलको अवलोकनसँगै तयारीबारे संसद् सचिवालयका कर्मचारीसँग जानकारी लिएका हुन्।

भोलिका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेका छन्। नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान  गरेका हुन्।

भोलिअपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दुवै सदनको हिउँदे अधिवेशन सुरु हुनेछ।

प्रकाशित: २१ माघ २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =