राजेन्द्र लिङ्देनको प्रश्न : हामी तीन दलका नेताको पछि पछि लुरु लुरु किन हिँड्ने?

हिमाल प्रेस २३ साउन २०८० १७:२३
38
SHARES
राजेन्द्र लिङ्देनको प्रश्न : हामी तीन दलका नेताको पछि पछि लुरु लुरु किन हिँड्ने? फाइल तस्बिर

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दलका नेताहरुका कारण संसद् बन्धक बन्दै गइरहेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले संसद्‍मा अरु पनि दलहरू रहेको बताउँदै तीन दलले त्यो कुरा स्वीकार्नुपर्नेमा जोड दिए। लिङ्देनले जनताद्वारा निर्वाचित सार्वभौम संसद्लाई तीन दलका नेताहरूको पछि पछि लुरु लुरु हिँड्न बाध्य नबनाउन पनि आग्रह गरे।

‘सबै राजनीतिक दल मिलेर जानुपर्ने सन्देश र जनमत र कसैलाई निषेध गर्न नदिने जनमत प्राप्त भयो। निर्वाचन प्रणाली नै त्यस्तो बनाउनुभयो, जहाँ कसैलाई निषेध गर्न मिल्दैन। तर, यहाँ अहिले संसद्को संरचना पनि त्यो बन्यो। केही दल मिलेर संसद्लाई बन्धक बनाउन मिल्छ ? तीनवटा दलको बन्धक मिल्छ ?,’ उनले भने, ‘तीन दलले निर्णय गर्दा लुरुलुरु पछि लाग्नुपर्ने ?’

सम्बोधनका क्रमम लिङ्देनले साउन ३ गते बरामद भएको १०० केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले माग गर्दै आएको उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नहुँदा शंका गर्ने ठाउँ भएको पनि बताए।

‘एमालेले माग गरेको उच्चस्तरीय छानबिन समिति बनाउन सरकार किन डराएको?’, उनले भने, ‘उच्चस्तरीय समिति बनाएर सुन तस्करी प्रकरणलाई निचोडमा पुर्‍याउँदा केही फरक पर्दैन, सरकार नडराए हुन्छ।’

उनले संसदीय समितिमा भएको भागबन्डामा पनि आपत्ति जनाए। अहिले जनताको समस्य उपेक्षामा परेको उनको भनाइ छ। तर, सरकारे पनि संसद् नचलोस् भन्ने चाहेको आरोप उनले लगाए। साथै उनले प्रतिपक्षीलाई अभियोग लगाएर बाँसुरी बजाएर बस्नुपर्ने अवस्थामा रहेको बताए।

प्रकाशित: २३ साउन २०८० १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =