प्रभु साहको पार्टीले ‘लुटविरुद्ध संघर्ष’ गर्ने

हिमाल प्रेस २४ माघ २०८० ७:००
4
SHARES
प्रभु साहको पार्टीले ‘लुटविरुद्ध संघर्ष’ गर्ने

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक भएको छ। प्रवक्ता चन्द्र भुषण साहले मंगलबार एक विज्ञप्तिमार्फत माघ १९ र २१ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

पार्टी कार्यालय कोटेश्वरमा सम्पन्न उक्त बैठकले वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक तथा लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले राज्यमाथि व्यापक जनदबाब बढाएको निकालेको छ।

यस्तै पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै रामपृत रामलाई सल्लाहकार समितिमा जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ।

पार्टीको जनसंगठनहरुमा जिम्मेवारी तोकिएको छ भने आगामी दिनमा पार्टीले जनजीविकाका सवालमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

यसैबीच बैठकले राष्ट्रिय मानवअधिकार आयोगले पूर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रूपमा सम्प्रेषित गरेर गरेर उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्ष निकाल्दै यसको प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रकाशित: २४ माघ २०८० ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =