प्रभु साहनिकट विद्यार्थी संगठनले संविधान दिवसलाई कालो दिन मनाउने

हिमाल प्रेस २९ भदौ २०८० ९:१०
8
SHARES
प्रभु साहनिकट विद्यार्थी संगठनले संविधान दिवसलाई कालो दिन मनाउने

काठमाडौँ- प्रभु साहको पार्टी आम जनता पार्टी निकटको विद्यार्थी संगठन आम विद्यार्थी मोर्चाले नयाँ संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ।

मोर्चाका अध्यक्ष विवेककुमार साहले आज एक विज्ञप्ति जारी गर्दै नयाँ संविधानविरुद्ध संघर्षमा उत्रिने चेतावनी दिएको हो। मोर्चाले नयाँ संविधानको विरोधस्वरुप आगामी असोज १ गते संविधानबारे सार्वजनिक अपिल गर्ने, असोज २ गते संविधानसभा सदस्यहरूलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने कार्यक्रम छ।

असोज ३ गते महत्वपूर्ण सहरहरूमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने र असोज ४ गते संविधानको अवसानमा शोक मनाउने निर्णय गरेको अध्यक्ष साहले जानकारी दिए।

‘नेपालको संविधान २०७२ घोषणा सँगै जनताले सशस्त्र द्वन्द्वको समाप्ति, संक्रमणकालको अन्त्य र देशमा स्थिरता एवं तीव्र विकासको अपेक्षा गरेका थिए। तर बिडम्बना देश प्रगतिको सट्टा अधोगतितिर धकेलिएको छ’। मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: २९ भदौ २०८० ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =