प्रभु साहले भने : सप्तरीमा हारेर बारा आएका उपेन्द्रलाई पराजित गर्नुपर्छ

हिमाल प्रेस २० चैत २०७९ १४:००
28
SHARES
प्रभु साहले भने : सप्तरीमा हारेर बारा आएका उपेन्द्रलाई पराजित गर्नुपर्छ आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वैशाख १०मा हुने उपनिर्वाचनमा जसपाका अध्यक्ष तथा बारा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवलाई यसपटक पनि पराजित गर्न आह्वान गरेका छन्। मंसिर ४ को निर्वाचनमा सप्तरीमा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव यसपटक बारा पुगेर उम्मेदवार बनेका हुन्।

साहले यादवलाई भ्रष्ट र मधेश विरोधी आरोप लगाउँदै यस्ता व्यक्तिलाई चुनावमा जिताउन नहुने बताए। ‘सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले नरुचाएको नेतालाई बाराका जनताले कसरी मतदान गर्छ?,’ उनले भने, ‘छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन। नुन कहिल्यै पनि चिनी हुन सक्दैन्। त्यस्ता भ्रष्ट र जनता विरोधीलाई मतदान गर्नुले केही हुँदैन।’

हिजोका दिनमा समग्र मधेस एक स्वायत प्रदेशको कुरा उठेको बताउँदै अध्यक्ष साहले उपेन्द्रले वीरगञ्जलाई राजधानी बनाउने आश्वासन दिए पनि बोलेको कुरा व्यवहारमा लागू नगरेको बताए।

उपेन्द्रले बारामा बन्ने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, सिम्रौनगढ र गढीमाईको विकासका विषयमा कहिल्यै पनि एक शब्द नबोलेको, पहल नगरेको आरोप साहको छ। साहले आफू शहरी विकास मन्त्री हुँदा गढीमाई र सिम्रौनगढको विकासका लागि करोडौं रुपैयाँ बजेट छुट्याएको बताए।

प्रकाशित: २० चैत २०७९ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =