लोकतन्त्रका नाममा पार्टीतन्त्रको विचित्र अभ्यास भइरहेको छ : प्रभु साह

हिमाल प्रेस २२ कार्तिक २०८० १९:३४
2
SHARE
लोकतन्त्रका नाममा पार्टीतन्त्रको विचित्र अभ्यास भइरहेको छ : प्रभु साह आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ-  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्टीतन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाएका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताए।

सांसद एवं पूर्वमन्त्री साहले भने, ‘राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ। समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ। लोकतन्त्र दल र समूह हुँदै नेतामा सीमित बन्न पुगेको छ।’

देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरुको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उनले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताए।

देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताउँदै अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क गरे।

प्रकाशित: २२ कार्तिक २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =