आम जनता पार्टी स्थायी समिति बैठक सोमबार

हिमाल प्रेस १० मंसिर २०८० ८:३७
आम जनता पार्टी स्थायी समिति बैठक सोमबार आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टीको स्थायी समिति बैठक भोलि सोमबार बिहान ११ बजे बस्ने भएको छ।

पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बस्न लागेको बैठकमा देशको समग्र राजनीति,आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिसहितको आधिकारिक र ठोस धारणा सार्वजनिक गर्ने उनले जानकारी दिए।

प्रकाशित: १० मंसिर २०८० ८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =