प्रभु साहको पार्टी पनि भ्रष्टाचारविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने

हिमाल प्रेस ४ जेठ २०८० ६:३५
8
SHARES
प्रभु साहको पार्टी पनि भ्रष्टाचारविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- आम जनता पार्टीले संगठन विस्तार गर्ने अनुकूल माहौल बन्दै गएको बताएको छ।

बुधबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले देशमा बढ्दो बेथिति, लुट, भ्रष्टाचार र विभेदविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने निष्कर्ष निकालेको हो।

यस्तै बैठकले आइटी आर्मी, आम दलित मोर्चा र आम किसान मोर्चाको केन्द्रीय समितिलाई पूर्णता दिने निर्णय गरेको पार्टी प्रवक्ता चन्द्र भूषण साहले जानकारी दिए। साहका अनुसार पार्टीको जागरण यात्रा तत्कालका लागि स्थगन गरिएको छ ।

यस्तै पार्टीले कोही प्रदेशको नामाकरणविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।

पार्टीले प्रदेश कमिटीलाई पूर्णता, बाँकी रहेका जिल्लाहरुको भेला तथा जनवर्गीय संगठनहरुको केन्द्रीय समितिको बैठक अगाडि बढाउने निर्णय गरिएको साहले बताए।

प्रकाशित: ४ जेठ २०८० ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =