नेपाल टि२० लिग : एलिमिनेटरमा विराटनगरले बनायो १८२ रन

हिमाल प्रेस २५ पुष २०७९ १३:५८
6
SHARES
नेपाल टि२० लिग : एलिमिनेटरमा विराटनगरले बनायो १८२ रन

काठमाडौँ- कप्तान रोहित पौडेल र विवेक यादव बलियो ब्याटिङ लयमा देखिएपछि नेपाल टि२० लिगको एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्सले काठमाडौँ नाइट्सलाई १८३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार जारी खेलमा रोहितले ४९ बलमा ६१ र विवेकले १८ बलमा ४६ रन बटुले।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले खराब सुरुवात गरेको थियो। ओपनरद्वय गौराअंशु शर्मा र अर्जुन साउद क्रमशः एक र दुई रनमा आउट भएपछि अप्ठ्यारोमा परेको विराटनगरको इनिङ्स रोहितले सम्हालेका थिए। दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशकत बनाएका रोहितसँगै हुसेन तलाटले सन्तोकजनक ब्याटिङ गरे।

पाकिस्तानी अलराउन्डर तलाटले २३ बल सामना गर्दा ३८ रन बटुले। त्यसैगरी राज नान्नानको नाममा २३ रन रह्यो। विवेक अविजित रहँदै अर्धशतकको नजिक पुगेपछि विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रनको योगफल तयार पारेको थियो।

लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हारेको काठमाडौँ इलिमिनेटरमा बदला लिने दाउमा छ। चौथो बन्दै प्लेअफमा आइपुगेको काठमाडौँका लागि कमल ऐरी र अनिल खरेलले दुई–दुई विकेट तथा अविनाश बोहरा र गौतम केसीले एक–एक विकेट हात पारे।

प्रकाशित: २५ पुष २०७९ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =