जनकपुरसँग हार्‍यो लुम्बिनी

हिमाल प्रेस २२ पुष २०७९ १३:१३
8
SHARES
जनकपुरसँग हार्‍यो लुम्बिनी

काठमाडौँ- नेपाल टि२० लिगमा शुक्रबार जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई २३ रनले पराजित गरेको छ। टस हारेर ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। लुम्बिनी भने १३६ रनमै सीमित भयो।

शीर्ष स्थानको लुम्बिनीलाई हराएपछि जनकपुरको १० खेलबाट १४ अंक भएको छ। यी दुवै टिमले १०–१० खेल खेलेका छन्। लिग चरणका सबै खेल खेलेका लुम्बिनी र जनकपुरको यसअघि नै प्लेअफमा स्थान पक्का भइसकेको छ।

जनकपुरका लागि कप्तान कप्तान टे«भोन ग्रिफिथले विष्फोटक ब्याटिङ गरेका थिए। वेस्टइन्डिजका ग्रिफिथले ११ बलमा ४७ रन बनाए।

त्यसअघि ओपनर शाराफुद्दिन असरफ र खडक बोहराले बलियो सुरुवात दिलाएका थिए। उनीहरूले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे। अफगानिस्तानका अलराउन्डर असरफले १८ बलमा ३४ र खडकले ३० बलमा २२ रन जोडेका थिए। त्यसैगरी समिउल्लाह निशवारी र दिलिप नाथले क्रमशः २० र १० रन जोडे।

बलिङतर्फ लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले दुई–दुई विकेट हात पारे। त्यसैगरी पाट ब्राउन र इशान पान्डेले एक–एक विकेट लिए।

मध्यम लक्ष्य पछ्याएको लुम्बिनीका लागि अनिल साहले सर्वाधिक ३५ रन बनाए भने लाहिरु मिलान्थाले ३२ रन जोडे। सुनिल धमलाले २७ रन बटुल्दा गुल्शन झाको नाममा १० रन रह्यो। लुम्बिनीलाई लक्ष्य प्राप्त गर्नबाट ग्रिफिथले तीन विकेट लिए भने समिउल्लाह शिनवारीले दुई विकेट हात पारे।

प्रकाशित: २२ पुष २०७९ १३:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =