‘ऐँचोपैँचो’ बन्‍ने, स्वस्तिमा र मुकुन एकपटक फेरि एकसाथ

हिमाल प्रेस २५ पुष २०७९ ११:३५
16
SHARES
‘ऐँचोपैँचो’ बन्‍ने, स्वस्तिमा र मुकुन एकपटक फेरि एकसाथ

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले एकपटक फेरि सँगै काम गर्ने भएका छन्।

फिल्म ‘ऐँचोपैँचो’मा यो जोडी सँगै देखिने भएको छ। यसअघि फिल्म ‘बुलबुल’मा स्वस्तिमा र मुकुनले सँगै काम गरेका थिए।

सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘ऐँचोपैँचो’को निर्देशन कृषा चौलागाईंले गर्नेछिन्। यस फिल्मबाट उनले निर्देशनमा डेब्यु गर्दैछिन्।

माघदेखि छायांकन सुरु हुने भनिएको फिल्ममा स्वस्तिमा र मुकनबाहेक वर्षा राउत, विशाल पहारी, कोशिस क्षेत्री, सुशील सिटौला, शारदा गिरीलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: २५ पुष २०७९ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =