एमालेका असन्तुष्ट नेता फकाउँदै एकीकृत समाजवादी

हिमाल प्रेस २३ पुष २०७९ १९:५८
26
SHARES
एमालेका असन्तुष्ट नेता फकाउँदै एकीकृत समाजवादी

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीनिकट युवा संगठन युवा संघ नेपालका नेताहरूले नेकपा एमालेका असन्तुष्ट नेताहरूसँग भेटघाट तीव्र पारेका छन्। एमाले नेतृत्वसँग असन्तुष्ट रहेका पूर्व र वर्तमान नेताहरूलाई आफ्नो पार्टीमा तान्ने जोड गर्दै उनीहरूले भेट र संवादको क्रमलाई बढाएका हुन्।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा टिकट नपाएपछि एमाले पार्टी त्याग गरेका नेता घनश्याम भुसाल र एमाले छाडेर कम्युनिष्ट एकता अभियानमा लागेका वामदेव गौतम एमाले अध्यक्ष केपी ओलीसँग रुष्ट रहेका नेता डा. भीम रावलसँग भेट गरी आफ्नो पार्टीमा ल्याउन प्रयास गरिरहेको संघका महासचिव दीपक जिएमले बताए।

युवा संघ नेपालका अध्यक्ष तथा कर्णाली प्रदेश सांसद नरेश शाही, एसका केन्द्रीय सदस्य हस्त शाहीलगायत संघका पदाधिकारीहरूले भेट गरी कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति अवस्था साथै विविध अवस्थाबारे छलफल गरेको उनले जानकारी दिए।

विभिन्न पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेका भुसाल, मौन रहेका गौतम र रुष्ट रहेका रावललाई पार्टीमा ल्याउन प्रयत्न गरिएको उनीहरूको भनाइ छ।

प्रकाशित: २३ पुष २०७९ १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =