१५ तस्बिरमा हेर्नुहोस् प्रदूषित काठमाडौँ सहर

हिमाल प्रेस २३ पुष २०७९ ९:३२
2
SHARE
१५ तस्बिरमा हेर्नुहोस् प्रदूषित काठमाडौँ सहर साँझपख पशुपतिको आकाशमा देखिएको धुँवाको मुस्लो।

काठमाडौँ- हरेक वर्ष जाडो मौसम सुरु भएसँगै वायु प्रदूषण बढ्न थाल्छ। यस वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण पनि बढिरहेको छ। जाडो मौसममा हावा पनि चिसो हुन्छ। चिसो हावाको घनत्व बढी भएकाले तातो हावा जस्तो सहजै उडेर जान सक्दैन। चिसो हावाको माथिल्लो तहमा तातो हावा हुन्छ। यसरी चिसो र तातो हावाको तहले प्रदूषणलाई यही वायुमण्डलभित्रै अवरोध सिर्जना गर्छ।

जसले गर्दा जाडो मौसममा प्रदूषण बढी हुने गर्छ। चिसो मौसममा बढी  प्रदूषण हुँदा धूमपान नगर्नेहरूमा पनि फोक्सोको क्यान्सर बढ्ने विज्ञ बताउँछन्। प्रदूषणले गर्दा मानिसमा एलर्जी मात्रै नभएर हृदयघात, मधुमेह नियन्त्रण नहुने जस्ता समस्या देखिने गर्छन्।

आममानिसलाई यसको  पर्वाह छैन, जसकारण पनि अहिले वायु प्रदूषण काठमाडौँसहित देशका विभिन्न शहरमा खतरा बन्दै गएको छ। काठमाडौँ उपत्यकामा यतिबेला वायु प्रदूषण बढेको छ। नदी, सडक र गल्लीहरूमा सरसफाइ हुन सकेको छैन।वायुमण्डलमा धुवाँ तथा धुलोको मात्रा बढी हुँदा आकाश नै तुवाँलोले ढाकेको छ।

अझै पनि सर्वसाधारण नागरिक यसमा चनाखो भएर वातावरण सरसफाइमा नलाग्ने हो भने वायु प्रदूषणले झनै खतराको तह पार गर्ने निश्चित छ।

ललितपुरको झरुवाराशीको इँटाभट्टा।
विष्णुमती नदी वरपर फ्याँकिएको फोहोर।
कुलेश्वर तरकारी बजारछेउमा फ्याँकिएको फोहोर ।
ललितपुरको सुनाकोठी सडकमा धुलाम्मे बनेको कार ।
कालीमाटी तरकारी बजारको फोहोरको थुप्रोमा आराम गर्दै युवक।
काठमाडौँ कालीमाटी सहरबीचमा थुपारिएको पुराना गाडीको डंगुर।
काठमाडौँको तीनकुनेमा बगेको वागमतीसँगै ढल।
लेलेको पहाडमा प्रदूषण।
भैँसेपाटी सडकमा उडेको धुलो ।
राजदल गणमा कवाज सेनाले देखाउने क्रममा उडेको धुलो ।
काठमाडाैँमा देखिएको धुलोका कण।
दक्षिण ललितपुरको कालेश्वर पहाडमा वायु प्रदूषण।
कटुवाल दहमा फोहोरका कारण वागमतीमा बनेको फिँज।
बल्खु सडकमा उडेको धुलो।

सबै तस्बिर  : न्युज एजेन्सी नेपाल 

प्रकाशित: २३ पुष २०७९ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 19 =