प्रदूषित सहर काठमाडौँ [तस्बिरहरू]

दिपेश श्रेष्ठ २८ चैत २०८० १२:५०
12
SHARES
प्रदूषित सहर काठमाडौँ [तस्बिरहरू]

काठमाडौँ– काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। केही दिनयता मुलुकभर लागेको डढेलोका कारण काठमाडौँको वायु प्रदूषण बढेको वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बताए।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार पछिल्लो २४ घण्टामा रत्नपार्क क्षेत्रको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ रहेको भट्टले बताए। यसैगरी खुमलटार क्षेत्रकाे १५२ रहेको छ। ‘केही साताअघि पनि काठमाडौँको वायु प्रदूषण बढेको थियो, आज थप प्रदूषण भएको छ’, भट्टले भने। डढेलो नियन्त्रण नभएसम्म देशभरको प्रदूषण बढ्दै जाने उनको भनाइ छ।

काठमाडौँ उपत्यकामा थुप्रिएको प्रदूषण हट्न पानी पर्नुपर्ने भट्टले बताए। विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीका अनुसार शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ भने ५१ देखि एक सयसम्मको एक्यूआईलाई होसियार रहाैँ अथवा पहेँलो संकेत दिइन्छ। एक सय एकदेखि एक सय ५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटुरोगीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने एक सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थकर रूपमा लिइन्छ।

दुई सय एकदेखि तीन सय सयसम्म एक्यूआईलाईको अति अस्वस्थ अवस्थाको वायु भनेर बुझिन्छ। यस्तै तीन सय एकदेखि चार सयसम्मलाई खतरनाक र चार सय एकदेखि चार सय ५० सम्मलाई अति खतरा मानिने उप्रेतीले बताए।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्यूआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपत्‌का रूपमा लिने उल्लेख छ।

 

 

प्रकाशित: २८ चैत २०८० १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − nineteen =