तयार भयो न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’

हिमाल प्रेस २१ पुष २०७९ १६:२०
8
SHARES
तयार भयो न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’ फाइल तस्बिर।

काठमाडौँ- सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने काम भोलि (शुक्रबार)सम्म सक्ने भएको छ। न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सम्पूर्ण काम सकिने जनाएको हो।

सञ्चारकर्मीहरूसँग बिहीबार कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिए। उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझाव समेट्दै ‘ड्राफ्ट’ तयार भएको बताए।

‘ड्राफ्ट’मा दफावार छलफल गरी शुक्रबारसम्ममा सबै काम सक्ने तयारी कार्यदलको छ। उपप्रधानमन्त्रीसमेत रहेका पौडेलले भने, ‘कार्यदलको बैठक बेलामा कार्यदलको बसिरहेको छ। सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ।’

उनले कार्यदलका अर्का सदस्य माओवादी नेता वर्षमान पुन अस्वस्थ भएर बिहीबारको बैठकमा आउन नसकेकाले बैठक शुक्रबार ११ बजेका लागि सारेको जानकारी दिए।

प्रकाशित: २१ पुष २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =