नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

हिमाल प्रेस १९ पुष २०७९ १२:२५
4
SHARES
नेचासल्यान गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

सोलुखुम्बु- सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको स्वास्थ्य संस्थालाई १६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ। फाउन्डेसन फर इन्टरनेश्नल डेभलपमेन्ट पब्लिक रिलिफ जापानिज संस्थाले पालिकाभित्रका छ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो।

गाउँपालिकाका वडा नं १, ४ र ५ मा सञ्चालित स्वास्थ्य चौकीलाई दुई/दुई लाख रुपैयाँ, वडा नं ३ का दुई स्वास्थ्य चौकीलाई दुई/दुई लाख रुपैयाँ र वडा नं २ को प्राथमिक स्वास्थ्य केन्द्र दोदीलाई पाँच लाख बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको प्रोजेक्ट म्यानेजर गुणवीर नेवारले बताए।

उनका अनुसार रेफ्रिजेरेटर, हाइस्केल, डिजिटल थर्मोमिटर, माइक्रोस्कोप, बेबी वार्मर, वासिङ मेसिन, बीपी सेट, डेन्टल सेट र ग्लब्सलगायतका सामग्री प्रदान गरिएको छ। कार्यक्रममा नेचा, सल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले स्वास्थ्य संस्थालाई आवश्यक सामग्री प्राप्त भएको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिए।

वडा नं १, २ र ३ का स्वास्थ्य संस्थालाई सोमबार सामग्री हस्तान्तरण गरिएको छ भने वडा नं ४ र ५ का स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न बाँकी छ।

प्रकाशित: १९ पुष २०७९ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =