‘एक्टर’ को छायांकन सुरु

हिमाल प्रेस २८ वैशाख २०८१ १२:३२
16
SHARES
‘एक्टर’ को छायांकन सुरु

काठमाडौँ-  फिल्म ‘एक्टर’को छायांकन शुक्रबार (आज) देखि सुरु भएको छ। पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभसाइत गर्दै छायांकन थालिएको हो।

शुभसाइत समारोहमा अभिनेता प्रदीप खड्का र डेब्यु अभिनेत्री दिब्या रायमाझी सहभागि थिए। क्यामेरा र स्क्रिप्ट पूजा गर्दै उनीहरुले फिल्म सफलताको कामना गरे। दिब्या चर्चित अभिनेता दिलिप रायमाझीकी छोरी हुन्।

राजन भुसालले निर्देशन गर्ने फिल्ममा आना शर्मा, राजवल्लभ कोइराला, दिव्यदेव पन्त, सुशिल सिटौलाको अभिनय रहनेछ। नेपाली फिल्म क्षेत्रमा सफल हुन संघर्षरत एक अभिनेताको संघर्षको कथा प्रस्तुत गर्ने निर्माण टिमले जनाएको छ।

टिमका अनुसार फिल्मको छायांकन पोखरामा १० दिनसम्म चलेछ। बाँकी काठमाडौँमा एक महिना छायांकन गरिनेछ। फिल्म नरेन्द्र मैनालीले छायांकन गर्नेछन्। आगामी कात्तिक १५ गते प्रदर्शनका तयारी रहेको फिल्मका निर्माता थमनकुमारी भण्डारी हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा बन्नेछ।

प्रकाशित: २८ वैशाख २०८१ १२:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =