वृद्धभत्ता लिएर फर्कँदा बाटोमै मृत्यु

हिमाल प्रेस २५ माघ २०८० १२:३०
12
SHARES
वृद्धभत्ता लिएर फर्कँदा बाटोमै मृत्यु

सोलुखुम्बु- सोलुखुम्बुमा वृद्धभत्ता लिएर फर्किएका एक वृद्धको बाटोमै मृत्यु भएको छ।

वृद्धभत्ता लिन सल्लेरी आएर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका-१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जिपमै ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड-९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा जिपमै मृत भेटिएका थिए।

उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ। रासस

प्रकाशित: २५ माघ २०८० १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =