१५ दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ : ओली

हिमाल प्रेस १७ पुष २०७९ १७:११
88
SHARES
१५ दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ : ओली मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फुटबलमा जस्तै राजनीतिमा पनि गल्ती गर्नेलाई रेड कार्ड देखाएर आउट गर्नुपर्ने बताएका छन्। आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।

राजनीतिमा पनि खेलमा जस्तै अनुशासनको आवश्यकता रहेको भन्दै उनले गल्ती गर्नेलाई रेड कार्ड नै दिएर आउट गर्नुपर्ने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ।

शिक्षा र स्वास्थ्यको आवश्यकतासँगै समाजमा अनुशासनको पनि आवश्यकता रहेको उनले बताए। कार्यक्रममा ओलीले केहीबेर टेबल टेनिस खेलेका थिए भने खेलाडीहरूले विभिन्न कलाकौशल प्रस्तुत गरेका थिए।

फरक प्रशंगमा बोल्दै उनले मन्त्रिपरिषद्ले केहीदिनमा नै पूर्णता पाउने बताएका छन्।

‘अहिले त खेलकुद मन्त्री नै छैन। केही दिनभित्र भन्दा पनि १०-१५ दिनमा नै मन्त्रिपरिषद् बन्ने छ। खेलकुदमन्त्री आइसक्नुहुनेछ। खेलकुद मन्त्री जो बन्ला, उसलाई पनि यो तपाईंहरूको कुरा सुनाउँछु,’ उनले भने, ‘सरकारले खेल क्षेत्रलाई राम्रोसँग हेरेको छैन भन्ने कुरा तपाईंहरूको यो अभिव्यक्ति हेरोस भन्ने चाहना र यो मागलाई सरकारसमक्ष पुर्‍याउँछु।’

प्रकाशित: १७ पुष २०७९ १७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + fourteen =