प्रचण्डको सरकारमा जान हामीलाई अप्ठ्यारो छैन : नेकपा एस

हिमाल प्रेस १७ पुष २०७९ १५:४०
20
SHARES
प्रचण्डको सरकारमा जान हामीलाई अप्ठ्यारो छैन : नेकपा एस फाइल तस्बिर।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यहरूले सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका छन्। पार्टी कार्यालय तीनकुनेमा जारी बैठकमा उनीहरूले सरकारलाई समर्थन गर्ने कुरा फरक भए पनि सरकारमा जान हतार गर्न नहुने सुझाव दिएका हुन्।

प्रधानमन्त्रीले सरकारलाई समर्थन गर्न आग्रह गरे पनि औपचारिक पत्र नआएसम्म सरकारलाई समर्थन गर्न नसकिने धारणाहरू आएको उपमहासचिव गंगालाल तुलाधरले बताए। यसअघिकै सहकार्यमा बनेको गठबन्धन दलहरूमध्ये पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै नयाँ सरकारको प्रधानमन्त्री बनेकाले समर्थन दिन उपयुक्त हुनेमा पनि केही सदस्यहरूको जोड रहेको उनको भनाइ छ।

तुलाधरले पार्टी एकताका सवालमा एमालेका केही नेताहरूले चलाएको र भ्रममा पर्न नहुनेसमेत स्षप्ट पारे। अहिले एकताका प्रयासहरू नै नभएको उनले बताए। बैठकमा राष्ट्रिय राजनीतिका साथै पार्टीलाई सशक्त बनाउने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।

शनिबारबाट बसेको पार्टीको बैठक आइतबार समापन हुँदै छ।

प्रकाशित: १७ पुष २०७९ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 17 =