सुदूरपश्चिम प्रदेश : सभामुख चयन गर्न माघ २ गते निर्वाचन

हिमाल प्रेस १७ पुष २०७९ १५:४३
6
SHARES
सुदूरपश्चिम प्रदेश : सभामुख चयन गर्न माघ २ गते निर्वाचन

धनगढी- सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्न निर्वाचन हुने भएको छ। आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ भने सबैभन्दा बढि मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन्। सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ। पहिलो बैठकमा प्रदेशसभामा प्रतिनधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मनतव्य राख्ने कार्य सूचीसमेत बैठकले तय गरेको छ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दलको नेता चयन गरिनसकेका कारण प्रदेशसभा सदस्य बहादुरसिंह थापाले शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: १७ पुष २०७९ १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =