सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, सभामुखको निर्वाचन अब भोलि

हिमाल प्रेस २ माघ २०७९ ११:३२
6
SHARES
सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित, सभामुखको निर्वाचन अब भोलि

धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। आज (सोमबार) सभामुखको चुनाव गर्ने कार्यतालिका थियो।

तर, राष्ट्रिय शोक परेको भन्दै प्रदेशसभा बैठक भोलि (मंगलबार)का लागि सारिएको हो।

बिहान बसेको सर्वदलीय बैठकमा दलहरूले बैठक स्थगित गर्ने सहमति गरेका थिए। अब सभामुखको चुनाव मंगलबार बिहान १० बजे हुनेछ।

प्रकाशित: २ माघ २०७९ ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + fourteen =