सुदूरपश्चिम प्रदेश

रेशम चौधरीको रिहाइ नभएसम्म सदन चल्न नदिने नागरिक उन्मुक्तिको चेतावनी

हिमाल प्रेस १८ पुष २०७९ १७:५८
14
SHARES
रेशम चौधरीको रिहाइ नभएसम्म सदन चल्न नदिने नागरिक उन्मुक्तिको चेतावनी सुदूरपश्चिम प्रदेश सभामा बोल्दै सचेतक लक्ष्मण किशोर चौधरी

धनगढी– नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएमा संसदमा अवरोध गर्ने जनाएको छ। सोमबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्दै पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारुहरूको महान पर्व माघीसम्म चौधरीको रिहाइ मुख्य शर्त भएको बताए।

उनले चौधरीको रिहाइ नभएको अवस्थामा भने प्रदेशसभाको बैठकमा अवरोध सिर्जना गर्ने चेतावनी दिएका छन्। ‘नेपालको नयाँ संविधान लेखन हुँदै गर्दा २०७२ सालमा टीकापुर घटना घट्यो। व्यक्तिगत स्वार्थका लागि नभएर राजनीतिक अधिकार माग्ने क्रममा घटना घट्यो। तर यो घटनाका कारण राज्यले थारु समुदायमाथि ठूलो अन्याय गरेको छ, चौधरीले भने, ‘७ वर्षसम्म सरकारले निकास दिन सकेको छैन। डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीहरूलाई बन्दी बनाएर राखिएको छ। माघी पर्वसम्म निर्शत उहाँहरूको रिहाइ गर्नुपर्ने हाम्रो माग छ । होइन भने माघपछि सदनमा हाम्रो अवरोध हुनेछ। चल्ने दिइने छैन।’

चौधरीले टीकापुर घटना अपराधिक नभएर राजनीतिक घटना भएका कारण सोही रूपमा राज्यले निकास खोज्नुपर्ने उल्लेख गरेका छन्। उनले आफूहरू जनताबाट ५ वर्षका लागि अनुमोदित भएर आएको बताउदै चुनौती र अवसर दुवै रहेको पनि बताए।

संघीय सरकारमा बाहिर बसेर समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइलगायतका माग राख्दै आएको छ। सुदूरपश्चिम प्रदेशमा सरकार गठनमा निर्णायक देखिएको यो पार्टीले मुख्यमन्त्रीमा समेत दाबी गरेको छ। तर नेकपा एमाले नेतृत्वको गठबन्धनमा भागबण्डा हुन बाँकी रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =