राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि मन्त्री बन्ने

हिमाल प्रेस ३ माघ २०७९ १०:२२ | Tuesday, January 17, 2023
राप्रपाबाट ध्रुवबहादुर प्रधान पनि मन्त्री बन्ने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधान पनि मन्त्री बन्ने पक्का भएको छ। उनले कुन मन्त्रालय पाउँछन् भन्ने टुंगो लागिसकेकाे छैन।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि उपप्रधानसहित ऊर्जामन्त्री बन्ने पक्का भइसकेकाे छ।  प्रधानले भने सहरी विकास मन्त्रालय पाउने चर्चा छ।

राप्रपाले मन्त्रीपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री पठाउने भनिएकाे छ। सहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहको नाम तय भएको छ।

बाँकी एक मन्त्री भने धवल शम्सेर जबरा र विक्रम पाण्डेमध्ये कसलाई पठाउने टुंगो लागेको छैन। दुवैले दाबी नछाडेपछि कसलाई छान्ने भन्नेमा राप्रपाभित्र सकस देखिएको छ।

प्रकाशित: ३ माघ २०७९ १०:२२ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast