इटहरी– प्रदेश १ मा सभामुख र उपसभामुखको निर्वाचन क्रमश: पुस २८ र ३० गते हुने भएको छ। ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा आइतबार बसेको सर्वदलीय बैठकले उक्त मिति तय गरेको हो।
बैठकले सोमबार दिउँसो १ बजेको लागि बोलाइएको प्रदेशसभा बैठक सूचना टाँस गरेर मंगलबार ११ बजेका लागि सार्ने निर्णय गरेको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए। संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ।
संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये १ जना महिला हुनुपर्ने प्रावधान छ।
प्रकाशित: २४ पुष २०७९ १७:४० | Sunday, January 8, 2023
प्रतिक्रिया


