कोरोना घटेपछि ल्याइएन खोप

हिमाल प्रेस २ पुष २०७९ १२:४२
2
SHARE
कोरोना घटेपछि ल्याइएन खोप

काठमाडौँ- कोरोना भाइरसको संक्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन।

संक्रमण घट्दै गएको र ठूलो संख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो।

कोरोना भाइरसको संक्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए।

कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो।

अहिले संक्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ। यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएको छैन।

उनका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ।

त्यसयता सरकारले खोप ल्याइएको छैन। ‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं’, उनले भने, ‘तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ।’

उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए। ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ’, उनले भने,

प्रकाशित: २ पुष २०७९ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =