कोरोनाको जोखिम बढ्यो मास्कको प्रयोग गर्नू : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस ८ पुष २०७९ ९:०६
36
SHARES
कोरोनाको जोखिम बढ्यो मास्कको प्रयोग गर्नू : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम बढेकाले स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै फरक स्वरूपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएकाले मास्क प्रयोग गर्न आग्रह गरेका हुन्।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबैमा मास्कको प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछ,’ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘साथै सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कहरूले तथा स्वास्थ्य संस्थाहरूले आवश्यक स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी अवस्थामा रहनुहुन पनि यसै विज्ञप्तिमार्फत सतर्क गराइन्छ।’

प्रकाशित: ८ पुष २०७९ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + nineteen =