देशको अहित हुने अध्यादेश तत्काल फिर्ता हुनुपर्छ : भीम रावल

हिमाल प्रेस २९ मंसिर २०७९ १६:२८
4
SHARES
देशको अहित हुने अध्यादेश तत्काल फिर्ता हुनुपर्छ : भीम रावल

काठमाडौँ- नेकपा (एमाले) का नेता भीमबहादुर रावलले सरकारले राष्ट्रपतिसमक्ष पठाएको अध्यादेश देशको अहितमा रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका छन्।  बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा रावलले वर्तमान सरकार कामचलाउ र प्रधानमन्त्री शेरबहादुर देउवा संक्रमणकालीन प्रधानमन्त्री भएकोले यस्तो बेलामा देशको अहित हुने अध्यादेश ल्याउनु गैरसंवैधानिक कदम भएको बताएका हुन्।

उनले अहिले आएको अध्यादेश निहित स्वार्थ बोकेर आएको आरोप लगाए। रावलले छैटौं पटक प्रधानमन्त्री हुनको लागि निहित स्वार्थबाट प्रेरित भएर देउवाले यस्तो अध्यादेश जारी गर्ने काम गरेको भन्दै उक्त कदमले देउवाको विगतको तितो कुराको पूनरावृत्ति भएको महशुस हुने पनि उल्लेख गरे।

मुलुकी फौजदारी कार्यविधि संहिता धेरै लामो समय लगाएर, कानूनविदहरूको बीचमा छलफल भएर जारी गरेको कानुन भएकाले नयाँ संसद् आउन लागेको अवस्थामा यसरी अध्यादेश ल्याउनु गम्भीर गलत भएको  उनको भनाइ छ।  रावलले नेपालका शीर्ष नेताहरूले देशमा नयाँ सरकार गठनको लागि विदेशी राजदूतसँग साउती मार्न थालेको गम्भीर आरोप लगाए।

रावलले प्रधानमन्त्री आलोपालो हुने भन्ने विषय र संवैधानिक निकायमा भागबन्डाको कुरा चलिरहेको भए पनि देशको गम्भीर सवालमा दलहरूले ध्यान नदिएको गुनासो गरे।

 

प्रकाशित: २९ मंसिर २०७९ १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =