बाबुराम भट्टराईले भने : सरकार बनाउन कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम नगरौँ

हिमाल प्रेस २७ मंसिर २०७९ १९:४७
10
SHARES
बाबुराम भट्टराईले भने : सरकार बनाउन कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम नगरौँ

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)मा अध्यक्षा तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शान्ति र समृद्धिका लागि पाँच वर्ष स्थिर सरकार आवश्यक रहेको बताएका छन्। राज्का सबै तह र तप्काका जनताको सहभागिताबिना दिगो शान्ति र स्थिरता नहुने भन्दै उनले यस्तो बताएका हुन्।

भट्टराईले राजनीतिक दलभित्र र बाहिर फरक कुरा गरेर अस्थिरता नफैलाउन पनि आग्रह गरेका छन्।

‘राज्यमा सबै तह र तप्काका जनताको सहभागिताबिना दिगो शान्ति र स्थीरता हुन्‍न। शान्ति/स्थिरताबिना सुशासन र समृद्धी हुन्न,’ उनले सामाजिक सञ्जालमार्फत भने, ‘अतःदलहरूले महत्वपूर्ण राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गरेर पाँच वर्ष स्थिर सरकार दिउँ। दलभित्र र बाहिर कसैले पनि हलो अड्काएर गोरु चुट्ने काम नगरौँ सबैले म म भनौँ।’

प्रकाशित: २७ मंसिर २०७९ १९:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =