दाङमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु

हिमाल प्रेस २७ मंसिर २०७९ ८:४०
2
SHARE
दाङमा ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु सांकेतिक तस्बिर।

दाङ- दाङमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दंगीशरण गाउँपालिका-६ का १७ वर्षीय सुदीप चौधरीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दंगीशरण -३ बबई नदीको एकलीबाट ढुंगा बोकेर सिमठानातर्फ जाँदै गरेको रा १ ब ४५३३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सोमबार बेलुकी ८ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०७९ ८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =