भिमादमा प्रयोगशाला स्थापना भएपछि बिरामीलाई सहज

हिमाल प्रेस २५ मंसिर २०७९ १६:०४
6
SHARES
भिमादमा प्रयोगशाला स्थापना भएपछि बिरामीलाई सहज

तनहुँ– तनहुँको भिमाद नगरपालिका-९ भानुमतिमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला स्थापना भएपछि सहज भएको छ। प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेहलगायत रोगको परीक्षणका लागि बजार झर्नुपर्ने बाध्यता हटेको छ।

भिमाद नगरपालिका-९ रिठाभञ्ज्याङस्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोगशाला सञ्चालनका लागि वडा कार्यालयले ३ लाख ५० हजार रुपैयाँ लगानी गरेको वडा सदस्य शिवकुमार आलेले जानकारी दिए।

‘मधुमेह परीक्षणका लागि पनि बजारसम्म पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘प्रयोगशाला सञ्चालनमा आएपछि सहज भएको छ।’ उनका अनुसार पहिले बजारसम्म पुगेर मधुमेह परीक्षण गर्दा ५ सयभन्दा बढी खर्च हुन्थ्यो भने अब १ सय रुपैयाँमै यी रोगको परीक्षण हुने भएको छ।

सामान्य परीक्षणका लागि बजार झर्न नपरोस् भनेर प्रयोगशाला सञ्चालनमा ल्याइएको निवर्तमान वडाध्यक्ष इमान थापाले बताए। स्वास्थ्य केन्द्रमा ल्याव असिस्टेन्ट, अनमी, अहब, एचए र एकजना कार्यालय सहयोगी परिचालन गरिएको छ। गाउँमै प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । सामान्य परीक्षणका लागि पनि बजार झर्नुपर्ने अवस्थाको अन्त्य भएको भिमाद ९ का श्रीमाया आलेले बताइन्।

प्रकाशित: २५ मंसिर २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =