मेलम्ची-इन्द्रावती जोड्ने बेलिब्रिज निर्माणका लागि सर्भे

हिमाल प्रेस २२ मंसिर २०७९ १८:५३
6
SHARES
मेलम्ची-इन्द्रावती जोड्ने बेलिब्रिज निर्माणका लागि सर्भे सिन्धुपाल्चोकस्थित मेलम्ची नदी। फाइल तस्बिर

सिन्धुपाल्चोक– मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ। सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो। मेलम्ची र इन्द्रावती नदी जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको बिहीबार सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए।

यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ। ०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्ण तामाङ समिरले बताए।

सिन्धुपाल्चोक २ का संघीय सांसद मोहन बस्नेतको पहलमा काम सुरु भएको तामाङले जानकारी दिए। बस्नेतले जेठ मसान्तसम्ममा सो स्थानमा बेलिब्रिज निर्माण गरिसक्ने बताएका थिए।

पक्की पुल बाढीले बगाएपछि मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागरिकले सास्ती भोग्दै आइरहेका थिए।

सो पुल बन्दा मेलम्ची, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन्। तत्कालका लागि बेलिब्रिजको लागि काम सुरु गर्ने र क्रमिकरूपमा पक्की पुलको काम पनि अगाडि बढ्ने नगरप्रमुख आइतमान तामाङले बताए।

फट्टे हुँदै दुवाचौर र तालामाराङबाट भटार दुवाचौर जोड्ने पुलका लागि बिहीबार सर्भे गरिएको हो।

प्रकाशित: २२ मंसिर २०७९ १८:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =