राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटवार्ता

हिमाल प्रेस २० मंसिर २०७९ १६:५९
74
SHARES
राष्ट्रपति भण्डारी र सिके राउतबीच भेटवार्ता

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आज मंगलबार राउतले राष्ट्रपति कार्यालय पुगेर राउतले भण्डारीसँग भेट गरेका हन्।

राउतले भण्डारीसँग भेट गरेको तस्बिर आफ्नो सचिवालयको फेसबुकमार्फत सार्वजनिक गरेका छन्।

सप्तरी-२ बाट निर्वाचित राउत काठमाडौँ आएर राजनीतिक दलका नेतासँग भेट बाक्लो बनाइरहेका छन्। जनमत पार्टीबाट राउत एक्लो प्रत्यक्ष निर्वाचित सांसद हुन्।

यो पार्टीले पहिलोपटक चुनावमा सहभागी जनाएको हो। यसपार्टीले समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटाएको छ। समानुपातिकतर्फबाट कम्तिमा चार वटा सांसद पाउनेछ।
राउतको सचिवालयले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको जनाएको छ।

प्रकाशित: २० मंसिर २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =