कालीकोटमा ‘प्रकाश’

हिमाल प्रेस १८ मंसिर २०७९ १६:१८
8
SHARES
कालीकोटमा ‘प्रकाश’

काठमाडौँ- अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा रहेको फिल्म ‘प्रकाश’को ‘च्यारिटी सो’ हुने भएको छ।

कालीकोटमा नाटकघर निर्माण गर्ने उद्देश्यले फिल्म देखाइँदै छ। मंसिर १६ देखि १८ सम्म हरेक दिन तीन सो हुनेछन्।

कालीकोट जिल्ला समन्वय समितिको सभा हलमा फिल्म देखाइनेछ। त्यस्तै मंसिर २१ र २२ मा फिल्म दैलेखमा प्रदर्शन गरिनेछ।

दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा जुम्लाका एक युवकको शिक्षक बन्ने सपनालाई देखाइएको छ।

फिल्ममा प्रदीपसँगै अभिनेत्री दिया मास्के पनि मुख्य भूमिकामा छिन। प्रकाशको भूमिकामा प्रदीप रहेका छन् भने दियाले उनकी आमाको भूमिका निर्वाह गरेकी छन्।

गत भदौ १० मा प्रदर्शनमा आएको फिल्ममा प्रदीप र दियाबाहेक रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १८ मंसिर २०७९ १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =