दमकमा फोहोरबाट उत्पादित ग्यास वितरण हुन सकेन

हिमाल प्रेस १७ मंसिर २०७९ २१:१६
8
SHARES
दमकमा फोहोरबाट उत्पादित ग्यास वितरण हुन सकेन सांकेतिक तस्बिर।

दमक– झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्न पाएका छैनन्। दमक २ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ।

२० करोड ५८ लाख रुपैयाँमा निर्मित प्लान्टमा केन्द्रको ५ करोड ८८ लाख रुपैयाँ र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ। प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले बताए।

कुहिने र नकुहिने फोहोर बेग्ला-बेग्लै भाँडोमा संकलन गरेर प्रशोधनका लागि ल्याइने गरेको उनले बताए।

कुहिने फोहोरलाई लेदो बनाएर प्रशोधन गरी ग्यास र प्रांगरिक मलका रूपमा प्रयोग गर्न सकिने कम्पनीका सञ्चालक विमल खतिवडाले बताए।

कम्पनीका प्राविधिक विजय पाण्डेका अनुसार कुहिने फोहोर ग्यास बन्नका लागि १४ देखि २१ दिनसम्म लाग्छ।

दैनिक १० हजार किलो प्रांगरिक मल र सात हजार पाँच सय लिटर झोल मल उत्पादन गर्न सक्ने प्लान्टको क्षमता छ।

दमक क्षेत्रमा दैनिक १५ टन फोहोर संकलन हुने गरेको छ। यो परियोजना ०७६ माघ १० गते सम्झौता भएर काम अघि बढेको हो। सम्झौताअनुसार २० वर्षपछि यो योजना दमक नगरपालिकाकै मातहतमा आउने छ।

प्रकाशित: १७ मंसिर २०७९ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 5 =