संसद्‌को पहिलो बैठकमै एमसीसीको विषयमा बोल्छु : ज्ञानेन्द्र शाही

हिमाल प्रेस १७ मंसिर २०७९ १७:०३
238
SHARES
संसद्‌को पहिलो बैठकमै एमसीसीको विषयमा बोल्छु : ज्ञानेन्द्र शाही

काठमाडौँ- राप्रपाका प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले संसद्को पहिलो बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन्।

शनिबार त्रिभुवन विमानस्थलमा प्रतिक्रिया दिँदै शाहीले नेपालमा ठूला भ्रष्टाचार काण्ड भएको भन्दै एमसीसीलगायतका विषयमा संसद्को पहिलो बैठकबाटै आवाज उठाउने बताएका हुन्। जुम्लामा चुनाव जितेर शाही आज काठमाडौँ आएका हुन्।

उनले अहिलको मुख्य काम नै भ्रष्टचारविरुद्ध लड्ने भएको जिकिर गरे। वाइडबडी, एनसेल, मेलम्ची खानेपानी आयोजनालगायतको विषयमा सदनमा बोल्ने उनको भनाइ छ। उनले अहिले पनि युवाहहरू रोजगारीका लागि विदेश जान बाध्य भएको भन्दै रोजगारी सिर्जना गर्न लडाइ गर्ने र आवश्यक कानुन बनाउने शाहीको दाबी छ।

प्रकाशित: १७ मंसिर २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =