नेपाल टि२० लिग : लुम्बिनीलाई पछ्याउँदै जनकपुर

हिमाल प्रेस १६ पुष २०७९ १६:४४
10
SHARES
नेपाल टि२० लिग : लुम्बिनीलाई पछ्याउँदै जनकपुर

काठमाडौँ- नेपाल टि२० लिगमा शीर्ष स्थानको लुम्बिनी खलस्टार्सले पराजय भोगेको दिन दोस्रो स्थानको जनकपुर रोयल्सले भने जित दर्ता गरेको छ। लिगमा तेस्रो जित हात पार्ने क्रममा जनकपुरले शनिबार विराटनगर रोयल्सलाई ४९ रनले पन्छाएको हो।

यो जितपछि जनकपुरको पाँच खेलबाट आठ अंक जम्मा भएको छ। ६ खेलबाट १० अंक बटुलेको लुम्बिनी शीर्षस्थानमा यथावत छ। सुरुवाती पाँच खेल नहारेको लुम्बिनीलाई शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सले नौ विकेटले स्तब्ध बनाएको थियो। जनकपुरसँग हारेको विराटनगर भने चौथो स्थानमा छ। विराटनगरसँग पाँच खेलबाट चार अंक छ।

जनकपुरलाई जिताउन समिउल्लाह शिनवारीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरका लागि उनले ४० बलमा ७८ रन बनाए।

उनको प्रभावशाली ब्याटिङको सहयोगमा जनकपुरले २० ओभरमा पाँच विकेट गुमाएर १८९ रनको योगफल तयार पारेको थियो। तर विराटनगर १४० रनमै सीमति भयो। विराटनगरलाई लक्ष्य प्राप्तिबाट रोक्न शिनवारीले २१ रन खर्चिएर तीन विकेट लिए।

जनकपुरका लागि उल्लेखनीय रन बनाउने अन्य ब्याट्सम्यान चाड्विक वाल्टन र सन्दिप जोरा रहे। यी दुईले क्रमशः २९ र २० रन जोडे। त्यसैगरी कप्तान तथा ओपनर टे«भोनको नाममा १९ रन रह्यो भने खडक बोहरा १५ रनमा अविजित रहे।

विराटनगरका लागि हुसेन तलाटले सर्वाधिक ४२ रनको योगदान गरे भने प्रदीप ऐरीले ३६ रन बटुले। त्यसअघि ओपनरद्वय गौराअंशु शर्माले ३३ र कप्तान आन्दे्र म्याककर्थीले १४ रन जोडेका थिए। बाँकी ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन्।

बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले दुई अनि मोहम्मद आदिल आलम र आशन प्रियाजनले एक–एक विकेट हात पारे।

 

प्रकाशित: १६ पुष २०७९ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =