रणनीति मिलाउन नसक्दा कांग्रेसले सत्ता गुमायो : शशांक कोइराला

हिमाल प्रेस १५ पुष २०७९ २०:०२
6
SHARES
रणनीति मिलाउन नसक्दा कांग्रेसले सत्ता गुमायो : शशांक कोइराला फाइल तस्बिर।

चितवन– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनुपरेको बताएका छन्। शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भयो,’ उनले भने। पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ छ। गठबन्धनबाट देउवालाई प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण भूमिका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको उनले बताए।

‘ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो,’ उनले भने। कांग्रेस प्रतिपक्षमा बस्दा विरोधका लागि विरोध मात्रै नगर्ने उल्लेख गर्दै उनले जिम्मेवारपूर्वक हिसाबले प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पारे।

प्रकाशित: १५ पुष २०७९ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =